
काठमाडौँ । चिनियाँ र पाकिस्तानी सेनाले आतङ्कवादविरुद्ध संयुक्त अभ्यास गर्ने भएको छ ।
चिनियाँ जनमुक्ति सेनाको पश्चिमी कमान्डले नोभेम्बरको अन्त्यदेखि डिसेम्बरको मध्यसम्म संयुक्त आतङ्कवाद विरोधी अभ्यासमा भाग लिन पाकिस्तानमा सेना पठाउने चिनियाँ रक्षा मन्त्रालयले मङ्गलबार घोषणा गरेको छ ।
यो अभ्यास आतङ्कवाद विरोधी अपरेसनहरूमा केन्द्रित हुने जनाइएको छ । दुवै पक्ष बहु–स्तरीय तथा मिश्रित प्रशिक्षणमा संलग्न भई वास्तविक लडाई प्रक्रिया अनुसार प्रत्यक्ष सैन्य अभ्यास आयोजना गर्ने मन्त्रालयले जनाएको छ ।
यो चिनियाँ र पाकिस्तानी सेना बीचको श्रृंखलाको आठौं संयुक्त अभ्यास हो, जसको उद्देश्य व्यावहारिक आदानप्रदान र सहयोगलाई सुदृढ बनाई संयुक्त आतंकवाद विरोधी अपरेशन सञ्चालन गर्ने क्षमता बढाउनु रहेको छ ।
यस अघि यस शृङ्खलाको अन्तिम संयुक्त अभ्यास सन् २०१९मा भएको थियो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति