
काठमाडौँ । अमेरिकी विशेष दूत अमोस होचस्टेन अधिकारीहरूसँग युद्धविराम वार्ताका लागि मङ्गलबार लेबनान आइ पुग्नु भएको छ ।
हाल अमेरिका र फ्रान्सले इजरायल र हिजबोल्लाह विच युद्धविरामको नेतृत्व गरेका छन् जसको नेतृत्व गर्दै होचस्टेन लेवनान आएको स्रोतले जनाएको छ ।
सन् २०२३ अक्टोबर–७ को आक्रमणबाट गाजामा युद्ध शुरु भए देखि प्यालेस्टिनी सहयोगी हमासको समर्थनमा हिजबुल्लाहले गरेको आक्रमणामा करिव एक वर्षपछि, सेप्टेम्बर–२३ मा, इजरायलले सेना पठाउनु अघि लेबनानमा हवाई आक्रमण भएको छ ।
लेबनानका एक अधिकारीले अमेरिकी युद्धविराम प्रस्तावको बारेमा सरकारको सकारात्मक दृष्टिकोण रहेको बताए भने अर्का अधिकारीले लेबनान उहाँसग निर्धारित बुँदामा समीक्षा गर्न होचस्टेनको आगमनको पर्खाइमा रहेको बताएका छन् ।
लेवनान भ्रमणको जनाकारी गराउदै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले वासिङ्टनले लेबनान र इजरायली सरकारसँग निर्धारित प्रस्तावहरूमा समन्वय गरिरहेको बताउनु भएको छ ।
मिलरले अमेरिकाले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव–१७०१ को ‘पूर्ण कार्यान्वयन’ को लागि दबाब दिइरहेको बताउदै लेबनानी र राष्ट्रसङ्घीय सेना बाहेक सबै सेनाहरू इजरायलको सिमाना लेबनानबाट फिर्ता लिन आवश्यक रहेका बताउनु भएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने सम्झौता भए पनि इजरायलले त्यो समूहलाई पुनः र्निर्माण गर्नबाट रोकी हिजबुल्लाह विरुद्ध कारबाही गर्ने बताउनु भएको छ ।
यस अघि एक लेबनानी अधिकारीले अमेरिकी दूत लिसा जोनसनले बिहीबार प्रधानमन्त्री नाजिब मिकाती र हिजबुल्लाह–सहयोगी संसदीय अध्यक्ष नबीह बेरीसँग त्यो योजना बारे छलफल गरेको बताउनु भएको छ ।
कुनै सहमति भएमा अमेरिका र फ्रान्सले संयुक्त विज्ञप्ति जारी गने बताउदै उहाँले ६० दिनको युद्धविराम पछि लेबनानले इजरायल नजिकैको दक्षिणी सीमा क्षेत्रमा सेना पुनः तैनाथ गर्ने बताउनु भएको छ ।
लेबनानी अधिकारीहरूले गत वर्षको अक्टोबरमा झडप सुरु भएदेखि यस क्षेत्रमा ३ हजार ५ सय १० भन्दा बढी मानिसको मृत्यु भएको तथा सेप्टेम्बरको अन्त्यदेखि सबैभन्दा बढी मृत्यु भएको बताएका छन् । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति