
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आक्षेप लगाउँदै ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेको आरोपमा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
कम्बोडियाको एक कम्पनीमा प्रधानमन्त्री ओलीको लगानी रहेको भन्दै प्रसाईंले सोमबार सार्वजनिक गरेको कागजका सम्बन्धमा गम्भीर प्रश्न उठिरहेका बेला मंगलबार सीआईबीको टोलीले प्रसाईंलाई पक्राउ गरेको हो ।
प्रसाईंले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको डकुमेन्टमा नाम नै नमिलेको देखिन्छ । नेपाली नागरिकताको प्रमाणपत्रमा प्रधानमन्त्रीको नाम केपी शर्मा (ओली) छ । तर, प्रसाईंले सार्वजनिक गरेको डकुमेन्टमा नाम खड्काप्रसाद ओली (केपी ओली) लेखिएको छ । अर्कातिर फेरि खड्गप्रसाद ओली (केपी ओली) लेखिएको छ ।
जबकि आधिकारिक डकुमेन्टमा आधिकारिक नाम नै हुन्छ । अर्कातिर प्रधानमन्त्रीको लेभलको व्यक्तिले आफ्नै नाममा विदेशमा गएर लगानी गर्छ भन्ने कुरामा समेत आशंका गर्न सकिन्छ ।
उक्त दस्ताबेजमा रहेको हस्ताक्षर पनि कीर्ते भएको प्रस्टै बुझिने यस प्रकरणको प्रारम्भिक अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतको दाबी छ । ‘नाम र हस्ताक्षर दुवैमा कैफियत देखिएको छ, हामी अनुसन्धान गर्दैछौं,’ प्रहरी स्रोतले भन्यो ।
प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै कम्बोडियास्थित टेलिकम कम्पनी स्मार्ट आजिआटामा ओलीको २१ करोड अमेरिकी डलर (करिब साढे ३२ अर्ब) रुपैयाँ लगानी रहेको आरोप लगाउनुभएको थियो ।
सन् २०१९ मे १४ बिजनेस फोरममा सहभागी हुन ओली कम्बोडिया पुगेको र त्यहाँ सेयर होल्डरको रूपमा हस्ताक्षर गरेको प्रसाईंको आरोप छ । प्रसाईंले एनसेल नेपालका प्रमुख सतिशलाल आचार्य, आजिआटाका ग्रुप चिफ स्ट्राटेजी एवं टेक्नोलोजी अफिसर थोमस हन्ड र ओलीले लगानी पत्रमा हस्ताक्षर गरेको भन्दै पत्र सार्वजनिक गर्नुभएको थियो । तर, त्यसको आधिकारिकता पुष्टि हुने भरपर्दो आधार नदेखिएको प्रहरीको भनाई छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले ‘फेक डकुमेन्ट’ देखाएर मुलुकको कार्यकारी प्रधानमन्त्रीमाथि गम्भीर आरोप लगाउने प्रसाईं कानूनी कारबाहीको भागीदार रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नक्कली र बनावटी कागजको चिर्कटो देखाएर प्रधानमन्त्री मात्रै होइन, जो कोहीविरुद्ध गम्भीर आरोप लगाउने कार्य कानूनविपरीत हुन्, यस्ता व्यक्तिलाई सम्बन्धित निकायले कारबाहीको दायरामा ल्याउँछ, ल्याउनुपर्छ ।’
प्रधानमन्त्री ओलीविरुद्ध गम्भीर आरोप लगाएका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरिसकेको छ । प्रसाईविरुद्ध साइबर अपराधमा अनुसन्धान हुने ब्यूरोका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति