
लमजुङ । मनाङको चामे गाउँपालिकामा मस्र्याङ्दी करिडोर अन्तर्गतका पालिकाको अन्तरपालिका समन्वय बैठक आज सम्पन्न भएको छ ।
मस्र्याङ्दी उपत्यकाभित्र पर्ने लमजुङको बेँसीशहरर, सुन्दरबजार, राईनास नगरपालिका र दोर्दी, म¥र्याङ्दी गाउँपालिका, तनहुँको भानु नगरपालिका, आबुखैरेनी तथा बन्दीपुर गाउँपालिका र मनाङको चामे, मनाङ–डिस्याङ तथा नासोँ गाउँपालिका, गोरखाको गोरखा, पालुङटार नगरपालिका र सहिद लखन गाउँपालिका करिडोरमा रहेका छन् ।
बैठकमा करिडोर अन्तर्गतका नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको थियो । आज सम्पन्न कोरिडोरको पाँचौँ बैठकले गरेका निर्णयमाथि प्रगति समीक्षा गर्नुका साथै करिडोर क्षेत्रमा सहकार्यका अन्य क्षेत्रको पहिचान गर्ने सम्बन्धमा शिक्षा, स्वास्थ्य, कृषि, वास्ट मेनेजमेन्ट, पूर्वाधार र पर्यटन एवं पूर्वाधार र पर्यटन तथा एग्रो टुरिज्मलाई सँगसँगै अघि बढाउन आवश्यक कार्ययोजना तयार गर्ने निर्णय गरेको सुन्दरबजार नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
नगर प्रमुख कोइरालाका अनुसार समग्र म-र्याङ्दी कोरिडोर क्षेत्रको समृद्धिका लागि सम्भावना र अवसरको बारेमा विचार विमर्शः गरी योजनावद्ध विकासको खाका कोर्ने उद्देश्यले यस क्षेत्रका पूर्व प्रधानमन्त्री, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, राष्ट्रिय योजना आयोगका वर्तमान र पूर्व पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा सम्बद्ध क्षेत्रका विज्ञहरुको सहभागितामा एक बृहत गोष्ठी मङ्सिर २९ गते शनिबार काठमाडौँमा आयोजना गर्ने निर्णय गरिएको छ ।
त्यस्तै बैठकले म¥र्याङ्दी करिडोरको कानुनी वैधताका लागि दर्ता प्रक्रिया अघि बढाउने, डुम्रे–बेँसीशहर–चामे सडक द्रुतगतिमा स्तरोन्नति गर्ने कार्य अगाडि बढाउनका लागि करिडोरका तर्फबाट सम्बन्धित निकायमा पहल गर्ने, हाल विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तनका कारणले प्राकृतिक सम्पदाको रुपमा रहेका हिमाल पग्लिएर काला पहाडको रुपमा परिणत भइरहेको परिप्रेक्षमा करिडोर क्षेत्रका विशेष हिमाली जिल्ला तथा अन्य क्षेत्रमा यसको अस्वाभाविक प्रभाव कम गराई मानवमैत्री वातावरण निर्माण गर्ने सम्बन्धमा सम्बद्ध निकायमा समाधानका लागि आवश्यक पहल गर्नेलगायतका निर्णय गरेको समन्वय समितिका अध्यक्ष तथा भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।
करिडोरभित्रका पालिका कृषिमा आत्मनिर्भर हुँदै उत्पादित वस्तुको एक आपसमा बजारिकरण र साझेदारीका कार्यक्रम संयुक्त रुपमा अगाडि बढाउदै लैजाने तथा आगामी माघको पहिलो हप्ता गोरखा नगरपालिकामा सातौँ बैठक बस्ने निर्णय गरिएको छ ।
चामे गाउँपालिकाको आयोजनामा सञ्चालित बैठकमा मस्र्याङ्दी करिडोरका अध्यक्ष भानु नगरपालिका प्रमुख त्रिपाठीको सभापतित्व रहेको थियो । चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र गुरुङले बैठकमा उपस्थितहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति