
तनहुँ । तनहुँको भिमाद नगरपालिका क्षेत्रमा यस वर्षको बाढी र पहिरोले ३५ बढी खानेपानीमा क्षति पुर्याएको छ । गत असार, साउन र असोजमा आएको बाढी र पहिरोले साना ठूला गरी खानेपानी योजनामा क्षति बनाएको हो ।
नगरपालिकाले खानेपानी क्षेत्रमा विनियोजन गरेको करिब ५० लाख रुपैयाँ बजेटले नधानेपछि विकास निर्माणको बजेट खर्च गर्नुपरेको भिमादका नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘कार्यपालिका बैठकबाट निर्णय गरी विकास बजेटबाट खानेपानी योजना मर्मतसम्भारका लागि खर्च गरिएको छ ।’
‘विकास निर्माणको करिब २५ लाख खर्च गरिएको छ’ उहाँले भन्नुभयो– ‘खानेपानी संवेदनशील भएकाले खानेपानी योजना मर्मतसम्भार कार्यलाई प्राथामिकता दिइएको छ ।’
उपभोक्तामार्फत नगरपालिकामा निवेदन आएपछि प्राविधिकले लागत अनुमान गरी अनुगमनपश्चात् मर्मतसम्भार कार्य गर्ने गरिएको नगरप्रमुख सुवेदीले बताउनुभयो । ‘नगरपालिकामा अहिले पनि चार÷पाँचवटा खानेपानी योजनाका निवेदन परेको छ’ उहाँले भन्नुभयो– ‘प्राविधिक खटाएर लागत अनुमानपश्चात् मर्मतसम्भारका कार्य अघि बढाउँछौ, अधिकांश योजनाको मर्मत कार्य भइसकेको छ ।’
जिल्लाका अन्य पालिकाको तुलनामा असार र साउनमा आएको बाढी र पहिरोले भिमाद नगरपालिका क्षेत्रमा धेरै क्षति बनाएको आकलन गरिएको नगरप्रमुख सुवेदीले बताउनुभयो ।
ठूला खानेपानी योजनामा ८ लाखदेखि १० लाख रुपैयाँ खर्च आइरहेको नगरपालिकाले जनाएको छ । ‘विकास निर्माणका भौतिक संरचना आउँदो वर्ष गरौँला’ नगरप्रमुख सुवेदीले भन्नुभयो– ‘नागरिकलाई खानेपानीबाट वञ्चित गर्नु हुँदैन भनेर नगरपालिका सक्रिय रुपमा लागिपरेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति