+

त्रिशूलीमा ट्रक खस्यो

काठमाडौँ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट एउटा ट्रक त्रिशूली नदीमा खसेको छ । नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान ५ः५५ बजे त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । 

दुर्घटना स्थलबाट तीन जनाको जीवितै उद्धार गरिएको छ । ट्रक चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिका ४६ वर्षीय सुरेश गुरुङलाई प्रहरीले उद्धार गरेको हो । 

ट्रक अनियन्त्रित भई दुर्घटना भएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट