+

रवि लामिछानेविरुद्ध काठमाडौँमा पनि पक्राउ पुर्जी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी भएको छ । सहकारी प्रकरणमा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको यो तेस्रोपटक हो ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम गोर्खा मिडिया नेकवर्कमा लगेर अपचलन गरिएको भन्दै लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उहाँसँगै नेपाल प्रहरीका पूर्वडिआइजी छविराज जोशी, कुमार रम्तेल, गीतेन्द्रबाबु(जिबी) राई, देवेन्द्रबाबु राई, इरान लामा, कविता तामाङ, हेमन्त अधिकारी, रविना रिमाल, भूपेन्द्र राई, नवीन अछामीसहित २२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौँले गरिरहेको छ । परिसरकै पत्रपछि सहकारीसँग जोडिएका २२ विरुद्ध पक्राउ पुर्जी जारी भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट