
काठमाडौँ । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले २६ स्थानमा उम्मेदवारी दिएको छ। रास्वपाका नेता एवं स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीका अनुसार रास्वपाले देशमा विभिन्न २६ स्थानमा उम्मेदवारी दिएको हो।
रास्वपाले झापाको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नवीनकुमार खवासलाई उठाएको छ । तेह्रथुमको लालिगुराँस नगरपालिका—८ को वडाध्यक्षमा सञ्जीव खड्काले उम्मेदवारी दिएको संयोजक पराजुलीले बताउनुभयो ।
सुनसरीको गढी गाउँपालिका—६ वडाध्यक्षमा शशिकुमार साहु, ओखलढुंगा मेलुङ गाउँपालिका—५ को वडाध्यक्षमा विष्णुप्रसाद पोख्रेल, ताप्लेजुङको जिरिजङ्घा गाउँपालिका—३ को वडाध्यक्षमा देवीप्रसाद पौडेल, उदयपुरको त्रियुगा नगरपालिका—१२ को वडाध्यक्षमा ध्रुवप्रसाद पोख्रेल र उदयपुरकै बेलका नगरपालिका—९ को वडाध्यक्षमा तेजमान विश्वकर्माले उम्मेदवारी दिनुभएको छ ।
यसैगरी धनुषाको धनुषाधाम नगरपालिका—१ को वडाध्यक्षमा नरेश दास, महोत्तरीको रामगोपालपुर नगरपालिका—२ को वडाध्यक्षमा खुर्सैद खाँ, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा गोमा श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
काठमाडौँ महानगरपालिका—१६ को वडाध्यक्षमा रोजिना श्रेष्ठले उम्मदवारी दिनुभएको छ भने नुवाकोटको ककनी गाउँपालिका—२ को वडाध्यक्षमा मंगलसिद्धि लामा तामाङको उम्मेदवारी दर्ता भएको छ ।
हेटौंडा उपमहानगरपालिका—१२ को वडाध्यक्षमा आशा विरवलले उम्मेदवारी दिनुभएको छ । गोरखाको गोरखा नगरपालिका—५ को वडाध्यक्षमा मंगलबहादुर थापाले उम्मेदवारी दिनुभएको छ ।
गुल्मीको मुसिकोट नगरपालिका—१ को वडाध्यक्षमा विकास थापा, रोल्पाको रून्टिगढी नगरपालिका—४ को वडाध्यक्षमा हिमबहादुर पुन, कपिलवस्तुको शुद्धोधन गाउँपालिका—१ को वडाध्यक्षमा अवधेश कुमार चौधरी, बर्दीयाको ठाकुरबाबा नगरपालिका ४ को वडाध्यक्षमा वासुदेव शर्मा, दैलेखको महाबु गाउँपालिकाको उपाध्यक्षमा प्रकाशबहादुर बुढा र दुल्लु नगरपालिका—१३ को वडाध्यक्षमा रामबहादुर शाहीले उम्मेदवारी दिनुभएको छ ।
यस्तै कालिकोटको तिलागुफा नगरपालिका—४ को वडाध्यक्षमा गगन बम, जाजरकोटको नलगाड नगपालिकाको उपप्रमुखमा पार्वती पुन, कुशे गाउँपालिका—७ को वडाध्यक्षमा कमान सार्कीको उम्मेदवारी परेको छ ।
हुम्ला सर्केकोट गाउँपालिकाको उपाध्यक्षमा वाचा बुढाले उम्मेदवारी दिनुभएको छ । डोटीको फुर्वाचौकी गाउँपालिका—६ को वडाध्यक्षमा जानकी कुमारी खड्का कुँवरले उम्मेदवारी दिनुभएको छ भने कञ्चनपुरको भीमदत्त नगरपालिका—६ को वडाध्यक्षमा रामदत्त भट्ट उम्मेदवार बन्नु भएको छ ।
यही मंसिर १६ गते ४४ स्थानीय तहका विभिन्न रिक्त स्थानमा उपचुनाव हुँदैछ। स्थानीय तह निर्वाचनमा रास्वपा पहिलो पटक सहभागी हुन लागेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री