
काठमाडौँ । सिकलसेल उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै वार्ड स्थापना गरिएको छ ।
आजदेखि प्रतिष्ठानमा भर्ना हुनेका लागि १० शय्या र दिवा उपचारका लागि पाँच शय्या सहितको वार्ड स्थापना गरिएको प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले जानकारी दिनुभएको छ ।
यो सँगै थारू समुदायको प्रमुख स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनिमिया रोगको उपचारका लागि नै स्थापना गरिएको वार्डको सङ्ख्या दुई पुगेको छ । यसअघि नेपालगञ्जको भेरी अस्पतालमा यो रोगको उपचारका लागि वार्ड स्थापना गरिएको थियो । वंशाणुगत रोग सिकलसेल थारू समुदायको प्रमुख स्वास्थ्य समस्याका रूपमा रहँदै आएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सिकलसेलबाट समुदायका झन्डै १२ प्रतिशत नागरिक प्रभावित छन् । यसअघि दिउँसो मात्र उपचार गर्ने गरिएकामा अब अन्य समयमा पनि प्रतिष्ठानबाट उपचार सहज हुने उपकुलपति डा लामिछानेले बताउनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गत कात्तिक २० गते मन्त्रिस्तरीय निर्णय गर्दै भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना गर्नुभएको थियो । सिकलसेलको औषधिसमेत निःशुल्क उपलब्ध गराउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति