
गण्डकी । पोखरा महानगरपालिका–२४ लौरुकका किसान प्रेम अधिकारीका फार्ममा उत्पादन भएका कृषिजन्य वस्तु लेकसाइड आसपासमा खरिद गर्नेको घुइँचो हुन्छ ।
बजार पुर्याइएका तरकारी बिक्री हुँदैन की भन्ने उहाँलाई चिन्ता लाग्दैन । प्रेमप्रसादले बजारमा जितिरहेको विश्वास उहाँको एकीकृत कृषिप्रतिको लगाब र मेहनत हो ।
पहिचान अर्गानिक कृषि फार्म सञ्चालन गरिहनुभएका अधिकारीले फार्ममा एकीकृत रूपमा पशुपालसँगै तरकारीखेती पनि गरिरहनुभएको छ । गोठमा भैँसीपालन गरिहनुभएका अधिकारीले दैनिक ४५ लिटर दूध बेचिरहनुभएको छ भने तिनै भैँसीको मलले चारवटा टनेलमा विभिन्न किसिमका मौसमी तथा बेमौसमी तरकारी लगाइरहनुभएको छ ।
शुरुमा गाउँका स्थानीयकोसमेत दूध सङ्कलन गरी सात सय लिटरसम्म बजारमा बिक्री गर्न लैजाने गरेको अधिकारीले बताउनुभयो । फार्ममा पालिएका भैँसीको मल आफ्नै तरकारीखेतीमा प्रयोग गरी अर्गानिक उत्पादनमा जोड दिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो– ‘विषादिरहित मल प्रयोग भएकाले उत्पादित तरकारीको माग पनि बजारमा बढी छ ।’
आफ्नो जीवनकालमा विभिन्न अनुभव पनि सँगालेको बताउँदै अधिकारीले सन् २००० देखि २००५ सम्म कतारमा वैदेशिक रोजगारी गरेको जानकारी दिनुभयो । त्यसयता लेकसाइडमा होटेल सञ्चालन गरेका उहाँले २०७२ सालको भूकम्पपछि कृषितर्फ लागेको जानकारी दिनुभयो ।
अर्गानिक खेतीका लागि चाहिने मल गोठबाट उपलब्ध हुने गरेको भन्दै अधिकारीले गोठमा अहिले १८ वटा भैँसी रहेका उल्लेख गर्नुभयो । लोकल कुखुरापालन पनि गरिरहनुभएका उहाँले बजारको माग अनुसार कृषिजन्य उत्पादन पुर्याउन नसकेको बताउनुभयो । आफैँ बजारीकरणमा लाग्नुका साथै र परिवारका सदस्यले पनि सहयोग गर्दा काम गर्न सहज भएको अधिकारीको भनाइ छ ।
्व्यावसायिक कृषिमा परिवारजनबाट सहयोग पाएको बताउँदै उहाँले एकीकृत कृषिबाट जोकोही लाभान्वित हुनसक्ने अनुभव सुनाउनुुभयो । परिवारको सहयोगसँगै उहाँले अन्य दुई जनालाई दैनिक ज्यालादारीमा रोजगारीसमेत दिँदै आउनुभएको छ । ‘मेरो व्यावसायिक कृषिमा श्रीमती, छोराछोरी, आमा सबैको निरन्तर साथ र सहयोग छ’ उहाँले भन्नुभयो– ‘एकीकृत रूपमा पशुपालन र तरकारीखेती गरेकाले उपभोक्तालाई शुद्ध प्राङ्गारिक उत्पादन पुर्याउन सकेको छु ।’
उत्पादित वस्तुको बजार लेकसाइड रहेको बताउँदै अधिकारीले धेरै उत्पादन हुँदा पोखरा महानगरपालिकाद्वारा सञ्चालित कृषि एम्बुलेन्स सहयोगी बन्ने उल्लेख गर्नुभयो । शुरुमा १० लाखबाट व्यावसायिक कृषिमा लगानी शुरु गरेको जनाउँदै उहाँले त्यसयता टनेल निर्माण, गोठलगायत पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगेको बताउनुभयो । उत्पादित वस्तुको सहज बजारीकरणका साथै आम्दानी पनि प्रशस्तै भइरहेकाले सन्तुष्ट रहेको उहाँको भनाइ छ ।
अघिल्लो वर्ष एक लाखको साग, एक लाख रुपैयाँको काँक्रो बिक्री गरेको अधिकारीले जानकारी दिनुभयो । धनियाँ, गोलभेडालगायत उत्पादनबाट पनि त्यहीअनुसार फाइदा भएको उहाँले अनुभव सुनाउनुभयो । गत वर्ष राँगा बिक्रीबाट सबै खर्च कटाएर एक लाख ५० हजार रुपैयाँ आम्दानी भएको उहाँले जानकारी दिनुभयो ।
अधिकारीले गर्नुभएको एकीकृत कृषि अरुका लागि पनि अनुकरणीय भएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुभयो । ‘पशुपालनसँगै तरकारीजन्य उत्पादन गर्दै आउनुभएका अधिकारीले एकीकृत रूपमा कृषिकर्म गर्नुभएको छ’ उहाँले भन्नुभयो– ‘घरमा पशु पालन भएकाले खेतबारीमा पशुमल प्रयोग भएकाले अर्गानिक तरकारी उत्पादनमा सहयोग पुगेको छ ।’
‘हाम्रो परिवेशमा एउटै किसानको सयौंँ रोपनी जग्गा हुने अवस्था पनि छैन’ कडरियाले भन्नुभयो– ‘थोरै जग्गामा अधिकतम लाभ लिन अब अधिकारीले जस्तै अरुले पनि एकीकृत कृषि प्रणाली अपनाउनु जरुरी छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री