
रायपुर (भारत) । भारतको छत्तीसगढ राज्यमा भारतीय प्रहरी र नक्सलवादी समूहबीच भएकोे झडपमा ५ विद्रोहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
छत्तीसगढ राज्यको अबुझमाड जंगलमा शनिबार सशस्त्र झडप भएको र झडपका क्रममा पाँच नक्सलवादी विद्रोहीको मृत्यु भएको प्रहरीले बताएको छ । यससँगै सन् २०२४ मा भएको द्वन्द्वमा ज्यान गुमाउनेको सङ्ख्या २०० को हाराहारीमा पुगेको छ ।
सीमान्तकृत आदिवासीको अधिकारका लागि लडिरहेको बताउने नक्सलवादी आन्दोलन भनेर चिनिने विद्रोहमा १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
‘सशस्त्र झडपमा पाँच माओवादी मारिएका छन्’ वरिष्ठ प्रहरी अधिकारी पी। सुन्दरराजले एएफपीसँग भन्नुभयो । मारिनेमा दुई जना महिला भएको उहाँले बताउनुभयो ।
काङ्केर र नारायणपुरको सिमानामा पर्ने क्षेत्रमा प्रहरीले शवबाट राइफल र गोलीगठ्ठा बरामद गरेको थियो । झडपमा परी दुई प्रहरी घाइते भएका छन् ।
भारत सरकारका गृहमन्त्री अमित शाहले यसैमहिना ९सेप्टेम्बर० मा सन् २०२६ को सुरुसम्ममा विद्रोही परास्त हुने बताउनुभएको थियो ।
सन् १९६७ मा सशस्त्र अभियान सुरु भएको जिल्लाको नामबाट नामाकरण गरिएका नक्सलवादीहरू चिनियाँ कम्युनिष्ट नेता माओत्सेतुङबाट प्रेरित थिए।
उनीहरूले स्थानीय जनताका लागि भूमि, रोजगारी र यस क्षेत्रको अथाह प्राकृतिक स्रोतको हिस्साको माग गर्दै धेरै दुर्गम समुदायहरूमा प्रवेश गरेका थिए ।
सन् २०१० मा ९६ जिल्लामा विद्रोह भएकोमा सन् २०२३ मा भारतले करिब ४५ जिल्लामा सीमित भएको दाबी गरेको छ । राससरएएफपी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति