
काठमाडौँ । पाकिस्तानबाट बङ्गलादेशका लागि समुद्री मार्ग हुँदै सामानको सिधा ढुवानी भएको छ ।
मालबाहक पानीजहाजमार्फत् बङ्गलादेशमा सफलतापूर्वक कन्टेनरहरू उतारेको बन्दरगाहका अधिकारीहरूले आइतबार एएफपीसँग बताउँदै भने– ‘पाकिस्तानबाट बङ्गलादेशका लागि भएको यो दशकौंपछिको पहिलो ढुवानी हो।’
सन् १९७१ को युद्धपछि यी दुई देश विभाजित भएका थिए र त्यसपछि बङ्गलादेश पाकिस्तानको प्रतिद्वन्द्वी भारतसँग नजिक भएको थियो।
तर गत अगष्टमा विद्यार्थी नेतृत्वको आन्दोलनले बङ्गलादेशकी तत्कालिन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेपछि उहाँ नयाँदिल्लीमा शरण लिन पुग्नुभएको थियो ।
पनामाको ध्वजाबाहक युआन सियाङ फा झान नामक १८२ मिटर (५९७ फिट) लामो कन्टेनर जहाज पाकिस्तानको कराँचीबाट बङ्गलादेशको चटगाउँका लागि छुटेको र नोभेम्बर ११ मा सामान गन्तव्यमा पुगी झारिसकिएको चटगाउँ बन्दरगाहका उच्च अधिकारी ओमार फारुकले एएफपीसँग बताउनुभयो ।
ढाकाका लागि पाकिस्तानका राजदूत सैयद अहमद मारुफले फेसबुकमा लेख्नुभएको छ– ‘यो मार्गले दुवै तर्फका व्यवसायका लागि नयाँ अवसरलाई बढावा दिनेछ ।’
चटगाँउ बन्दरगाहका अधिकारीहरूका अनुसार जहाजले पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) बाट सामानहरू ल्याएको थियो, जसमा बङ्गलादेशको प्रमुख गार्मेन्ट उद्योगका लागि कच्चा पदार्थ र आधारभूत खाद्य पदार्थहरू समावेश थिए।
गत सेप्टेम्बरमा बङ्गलादेशले पाकिस्तानी सामानको आयातमा लगाइएको प्रतिबन्धलाई खुकुलो बनाएको थियो । प्रतिबन्धले पहिले सामानको आगमनमा अनिवार्य भौतिक निरीक्षण अनिवार्य गरिएका कारण ढुवानीमा लामो ढिलाइ हुनेगरेको थियो ।
यसअघि, पाकिस्तानी सामानहरू बङ्गलादेश जानुअघि सामान्यतया श्रीलङ्का, मलेसिया वा सिङ्गापुरका फिडर जहाजमा लोड गर्नुपथ्र्यो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति