
काठमाडौँँ । पूर्वसभामुख तथा मानवअधिकारवादी नेता दमननाथ ढुंगानाको निधन भएको छ ।
पूर्वसभामुख ढुंगानाको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आइतबार दिउँसो निधन भएको हो । प्रजातन्त्रको लागि पंचायतकालदेखि राजनीतिमा सक्रिय ढुंगाना २०४८ सालमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको सभामुख बन्नुभएको थियो ।
२०४८ देखि २०५१ सालसम्म सभामुख बन्नु भएका ढुंगाना त्यसपछि भने पार्टी राजनीतिमा निस्क्रिय हुनुभयो । उहाँले त्यसपछि संसदीय संस्थापना खोलेर त्यसमार्फत लोकतन्त्र र मानव अधिकारको पक्षमा वकाल गर्दै आउनु आएको थियो ।
वरिष्ठ अधिवक्ता समेत रहनुभएका पूर्वसभामुख ढुंगानाले अर्का मानव अधिकारवादी नेता पदमरत्न तुलाधरसँग सहकार्य गरेर तत्कालीन विद्रोही नेकपा माओवादीलाई शान्ति प्रक्रिया र संसदीय राजनीतिमा ल्याउनु भूमिका खेल्नुभएको थियो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वापूर्व योगदान दिनुभएका उहाँ राजनीतिक आन्दोलनका क्रममा पटक–पटक जेल पनि पर्नुभएको थियो । उहाँका श्रीमति, दुई छोरा र एक छोरी हुनुहुन्छ । ढुङ्गानाको भोलि अन्त्येष्टि गरिने डा रुद्र शर्मा स्वकीय शर्माले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति