
काठमाडौँ । कम्युनिष्ट पार्टी (सिपिसीआर) रसियाका अध्यक्ष सर्गेई मालिन्कोविच यतिखेर नेपालमा हुनुहुन्छ ।
(सिपिसीआर) रसियाका अध्यक्ष मालिन्कोविचसहितको टोली नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को निमन्त्रणमा नेपालमा आउनुभएको हो । नेपालका कम्युनिष्टहरु विभिन्न पार्टी तथा समूहमा छरिएर रहेको र वाम एकताको प्रसङ्ग र प्रयास भइरहेको बेला सिपिसीआर) रसियाका अध्यक्षका अध्यक्षको आगमनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
एकीकृत समाजवादीले सिपिसीआर) रसियाका अध्यक्ष मालिन्कोविचको प्रमुख आतिथ्यमा शनिबार काठमाडौँमा बिशेष कार्यक्रम आयोजना गर्यो । ‘अक्टोबर क्रान्तिमा लेनिनको भूमिका’ विषयक त्यो कार्यक्रम एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा आयोजना गरिएको हो।
कार्यक्रममा सिपिसीआर) रसियाका अध्यक्ष मालिन्कोविचले अक्टोबर क्रान्तिले जनजीविका र देश विकासमा पारेको प्रभावबारे चर्चा गर्नुहुँदै विश्वको सुनिश्चित भविष्यको आशा र भरोसाको विकल्प वैज्ञानिक समाजवाद भएको धारणा प्रकट गर्नुभयो ।
कार्यक्रममा सिपिसीआर रसिया ब्रायन्स्क क्षेत्र प्रमुख रसिया एलेना डेगटियारेवाले सामाजिक र सांस्कृतिक एकता कायम गर्दै राजनीतिक विकासक्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको क्रान्तिले ल्याएको राजनीतिक तथा आर्थिक परिवर्तनले विश्वभरि दूरगामी प्रभाव पारेको उल्लेख गर्नुभयो ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विश्वभरिका सम्पूर्ण मजदूर, किसानलगायत श्रमजीवी जनतालाई राजनीतिक अधिकार प्रदान गर्न सोभियत क्रान्तिले दिशानिर्देश गरेको बताउनुभएको छ ।
पार्टीको विदेश विभागले एक सय सातौँ अक्टोबर क्रान्ति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको विचारगोष्ठीमा अध्यक्ष नेपालले शोषणरहित वैज्ञानिक समाजवादको निर्माण गरेर उक्त क्रान्तिले एउटा सभ्य, सुसंस्कृत, समुन्नत मानवीय समाजको निर्माण गर्न सन्देश दिएको बताउनुभयो । गम्भीर सैद्धान्तिक विचलन तथा आन्तरिक र बाह्य षड्यन्त्रका कारणले सात दशकसम्म चलेको सोभियत सङ्घ अन्ततः विघटनको सङ्घारमा पुगेको उहाँको भनाइ छ ।
सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सोभियत समाजवादले तीन सय वर्षको राजसंस्थाको अन्त गरी श्रमजीवी पक्षधरको सत्ता स्थापित गरेको र त्यसले मानव समाजको गन्तव्यलाई प्रष्टसँग उजागर गरेको विचार व्यक्त गर्नुभयो ।
एकीकृत समाजवादीका विदेश विभाग सचिव डा शङ्कर खतिवडाले आफ्नो विभागको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका रसियाली नेताको सहभागितामा कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति