+

यो सरकारलाई उल्ट्याएर बन्‍ने हाम्रै सरकार हो : प्रचण्ड


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार निर्माणमा आफ्नो पार्टीको भूमिका अझै महत्त्वपूर्ण रहने बताउनुभएको छ । संसद्मा रहेको अंकगणितका हिसाबले वर्तमान सत्ता गठबन्धन भत्किएमा माओवादी केन्द्र संलग्न सरकार गठन हुने उहाँको दाबी छ । 


काठमाडौँमा शनिबार आयोजित पार्टीको कार्यक्रममा दाहालले संसद्मा माओवादीसँग जादुयी संख्या रहेको दोहोर्‍याउनुभएको हो । "अहिले पनि भन्छु हाम्रो संख्या म्याजिकै (जादुयी) छ । हामी ३२ सांसद भएको हुनाले प्रमुख विपक्षी दलको नेता छ हाम्रो पार्टी । विपक्षी दल भनेको गभर्नमेन्ट इन वेइटिङ भन्छ (पर्खिइराखेको सरकार) हो, दाहालले भन्नुभयो, यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो फेरि, त्यसकारण हामी चिन्तित हुनुपर्ने कुनै कुरा छैन।"

यसअघि सरकारको नेतृत्व गरिरहेका बेला दाहालले माओवादीसँग ३२ सिटको जादुयी सांसद संख्या रहेकाले आफू नेतृत्वको सरकार नढल्ने अभिव्यक्ति दिनुभएको थियो । 

वर्तमान सत्ता गठबन्धनले भ्रष्टाचारीहरूलाई संरक्षण गरेको उहाँको आरोप थियो । आफू नेतृत्वको सरकारले सुशासनका पक्षमा चालेका कदमलाई रोकेको पनि उहाँले बताउनुभयो । भ्रष्टाचारीलाई कारबाहीको दायरामा नल्याएसम्म जनताले नछोड्ने र माओवादीले पनि त्यसमा खबरदारी गर्नुपर्ने उहाँको भनाइ थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट