
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक दिलबहादुर सार्की मादलमा खरी हाल्दै हुनुहुन्थ्यो । मादल बनाउने उहाँको दैनिकी नै हो ।
६१ वर्षीय सार्कीले बाबुबाट सीप सिकेर यो पेशा शुरु गर्नुभएको हो । बच्चादेखि नै बुबालाई सघाउँदै जाँदा उहाँले मादल बनाउन सिक्नुभएको हो ।
पुख्र्यौली पेसालाई निरन्तरता दिन आफूले यो पेशालाई अवलम्बन गरेको सार्कीले बताउनुभयो । तर केही समययता मादल बनाउन छाला नपाउँदा उहाँलाई समस्या हुन थालेको छ । ‘बाबुकै कारणले म यो पेसामा पनि छु, मसँगै सीप सिकेर छोराले खैरेनीटारमा मादल पसल खोलेको छ’ उहाँले भन्नुभयो– ‘अहिले छाला नपाउँदा मादल बनाउन समस्या हुन थालेको छ ।’
नारायणगढ, कावासोती, पुट्टार लगायत ठाउँमा पुगेर छाला खोजेर ल्याउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । शुक्लागण्डकी नगरपालिका–९ मा गौ संरक्षण केन्द्रमा मरेका गाइका छाला त्यत्तिकै फालिएका अवस्थामा रहेको र पैसा तिरेर छाला खरिद गर्न पाए सहज हुने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘स्थानीयस्तरमा छाला फालिएको छ । नगरपालिकासँग आग्रह गरेको छु । निश्चित शुल्क तिरेर यही छाला किन्न पाए सजिलो हुन्थ्यो ।’ उहाँले मादलसँगै सारङ्गी, खैजडी, झ्याली, दमाहा, ढोलकी, टेम्पोलगायत बाद्यवादनका सामग्री बनाउँदै आउनुभएको छ । त्यसका अलवा आरन पेशालाई पनि सँगसँगै अगाडि बढाएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो– ‘म यो पेशाबाट सन्तुुष्ट नै छु । तर विगतका वर्षजस्तो व्यापार छैन, निर्वाह भने चलेकै छ ।’ पछिल्लो समय आधुनिक वाद्यवादनका सामग्री प्रयोग बढी हुँदा मादल बिक्री कम हुन थालेको उहाँको भनाइ छ । यही पेसाबाटै घरखर्च चलिरहेको बताउँदै सार्कीले भन्नुभयो– ‘अहिलेसम्म चलेको यही पेशाबाटै हो । यसमा सन्तुष्ट नहुनुपर्ने कारण छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति