
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिख धर्मका प्रवद्र्धक गुरुनानक देवले मानव जातिलाई ‘आफैँभित्र ईश्वर खोज्न, परिश्रम गर्न र अन्न बाँडेर ग्रहण गर्न’ दिनुभएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभएको छ ।
गुरुनानक जयन्ती, २०८१ का अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपतिले विद्यमान सबैखाले विकृति, विसङ्गति र विभेदको अन्त्य गरी समतामूलक, शान्त, सौम्य, सभ्य र सुसंस्कृत समाजको निर्माणमा दत्तचित्त भई लाग्न आजका दिनले सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
गुरुनानकले आफ्नो यात्राका क्रममा थुप्रै भजन र गीत रचेर मानवमात्रको कल्याण गर्ने जीवन सूत्रहरु दिनुभएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले गुरुनानकको उपदेशले सत्य, आत्मज्ञान र मानवताप्रति सदैव समर्पित हुने शिक्षा प्रदान गर्ने बताउनुभएको छ ।
गुरुनानकका उपदेशलाई जीवनमा आत्मसात् गर्दै राष्ट्रिय एकता, परस्पर प्रेम, भ्रातृत्व र शान्तिको भावना फैलाउने दृढ सङ्कल्पका साथ अगाडि बढ्न सक्नुपर्नेमा जोड दिँदै कार्यवाहक राष्ट्रपति यादवले यस जयन्तीले सत्य, करुणा र सेवाभावको मार्गमा हिँड्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उपराष्ट्रपति यादवले गुरुनानक जयन्तीले राष्ट्रिय एकता, समाजमा समता, साम्प्रदायिक एकता, सहिष्णुता, भाइचारा, शान्ति, सद्भाव, आपसी मेलमिलाप र सामाजिक न्यायका आदर्शलाई आत्मसात गर्न उत्प्रेरित गर्न सकोस् भनी कामना गर्नुभएको छ । उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शिख समुदायमा सुख, शान्ति र सु–स्वास्थ्य कामनासमेत गर्नुभएको छ ।
प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन शिख धर्मावलम्बीले गुरुनानक जयन्ती मनाउने गर्छन् । गुरुनानक देवको सम्झनामा आज गुरुद्वारामा श्रद्धा र भक्ति भावले कीर्तन तथा दीप प्रज्ज्वलितलगायत कार्यक्रम आयोजना गरिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति