+

दार्चुला जीप दुर्घटना अपडेट : मृतक ८ पुग्यो, ५ घाइते

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा जीवन गुमाउने ८ जना पुगेका छन् ।  दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
 
 दुर्घटनामा ६ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु भएको दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनु भएको छ । 

दाहालका अनुसार दुर्घटनामा  दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, त्यही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिम, शैल्यशिखर–९ गोकुलेका ३५ वर्षीया मीना लेखक र डिलासैनी गाउँपालिका–५ का वीरेन्द्रसिंह बोहराको मृत्यु भएको छ । 

दुर्घटनामा भारतको उत्तर प्रदेश विजनौरका सुहिल साह, बैतडी डिलासैनी–५ का उत्तम रोकाया, शैल्यशिखर–५ का सन्दीप रावल त्ही स्थानका प्रकाश रावल र मालिकार्जुन गाउँपालिका–८ निवासी  जीप चालक सुनिल जोशी घाइते भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै