
काठमाडौँ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नुभन्दा केही साताअघि तेहरानमा आणविक वार्ता शुरु गरेका बेला अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसीले बिहीबार इरानका उच्च कूटनीतिज्ञसँग भेटवार्ता गर्नुभएको छ ।
सन् २०१७ देखि २०२१ सम्म ह्वाइट हाउसमा आफ्नो पहिलो कार्यकालको दौडान ट्रम्पले ‘अधिकतम दबाब’ नामक नीतिको अख्तियारी गर्नुभएको थियो । त्यो कदमले सन् २०१५ को ऐतिहासिक आणविक सम्झौताअन्तर्गत हटाइएका अमेरिकी आर्थिक प्रतिबन्धलाई पुनः लागू गरेको थियो । बुधबार राति तेहरान आइपुग्नुभएका ग्रोसीले देशका शीर्ष आणविक तथा राजनीतिक अधिकारीहरूसँग वार्ता गर्ने अपेक्षा गरिएको इरानको सरकारी समाचार संस्था (इरना) ले जनाएको छ ।
ग्रोसीले सन् २०१५ को सम्झौतामा इरानका प्रमुख वार्ताकार तथा वर्तमान् विदेशमन्त्री अब्बास अरागचीसँगको भेटलाई ‘अपरिहार्य’ भन्नुभएको छ। ग्रोसीले इरानको आणविक ऊर्जा सङ्गठनका प्रमुख मोहम्मद इस्लामीसँग पनि भेट गरेको तस्नीम समाचार संस्थाले जनाएको छ ।
यसपछि आईएईए प्रमुखले राष्ट्रपति मसूद पेजेस्कियानसँग यस वर्षको शुरुमा निर्वाचित भएपछि पहिलो वार्ताका लागि भेट्ने अपेक्षा गरिएको छ । तेहरानका लागि ग्रोसीको यो भ्रमण यो वर्ष दोस्रो हो तर ट्रम्प पुनः निर्वाचित भएपछिको पहिलो हो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति