
जनकपुर । विश्व हिन्दू परिषद् नेपाल जनकपुरधामको नेतृत्वमा नागरिक समाजसहितको सहभागितामा मङ्सिर १ गते भारतको अयोध्या तिलक लैजाने निर्णय भएको छ ।
विश्व हिन्दू परिषद् धनुषाका अध्यक्ष सन्तोष साहको अध्यक्षतामा आज सम्पन्न बैठकले जनकपुरधामबाट मङ्सिर १ गते बिहान तिलक लिएर प्रस्थान गर्ने र रात्रि विश्राम बाराको गढीमाईमा गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
.तिलक लिएर जाने समूह २ गते अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दू परिषद्का महासचिव राजेन्द्र सिंह पङ्कजको अगुवाइमा चम्पत रायलाई हस्तातरण गरिने बताइएको छ ।
विश्व हिन्दू परिषद्को सक्रियतामा विगत वर्ष झै यस वर्ष पनि सामूहिक विवाह हुने छ । छैठौंँ पटक हुन लागेको सामूहिक विवाहमा ५१ जोडी युवायुवतीको सहभागिता रहने छ ।
जनकपुरधामलाई धार्मिक पर्यटकीय नगरिका रुपमा विकासका लागि प्रचारप्रसार गरिने बताइएको छ । यसैबीच जनकपुरधाममा मङ्सिर २१ गते हुने विवाहपञ्चमी मेलाको धुमधामका साथ तयारी भइरहेको छ ।
त्यसका लागि मधेश प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका र जानकी मन्दिर व्यवस्थापन समितिले तयारी गरिरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति