+

तोलामा २ हजार २ सयले घट्यो सुन

काठमाडौँ ।  सुनको मूल्य घट्नेक्रम जारी छ । 

सुनको मूल्य बिहीबार तोलामा २ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको  छ ।  महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ६० हजार रुपैयाँमा झरेको छ ।

आज चाँदीको मूल्य समेत तोलामा ३५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९ सय ५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट