
काठमाडौँ । प्यालेष्टिनी इस्लामिक समूह (हमास) को सहयोगी प्यालेस्टिनी इस्लामिक जिहाद लडाकू समूहले बुधबार एक इजरायली बन्धकको भिडियो सार्वजनिक गरेको छ ।
गत अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि गाजामा बन्धक बनाइएका ती व्यक्तिले आफूलाई इजरायली बन्धक भन्दै भिडियोमा आफ्नो रिहाईमा ढिलो नगर्न सार्वजनिक अपिल गरेका छन् ।
भिडियोमा आफूलाई साशा ट्रपानोभ बताउने ती बन्धकले लेबनानमा इजरायली सैन्य अभियानको बारेमा कुरा गरेका थिए भने इजरायलीहरूलाई बन्धकहरूको रिहाईका लागि सरकारमाथि दबाब बढाउन आह्वान गरेका थिए।
यसैबीच, भिडियो सार्वजनिक भएसँगै गाजामा बन्धक बनाइएका व्यक्तिका परिवारका सदस्य तथा आफन्तहरूले बन्धक रिहाईमा ढिला नगर्न सरकारसँग आग्रह गरेका छन् ।
इजरायलमा गत वर्षको अक्टुबर ७ मा भएको आक्रमण कम्तीमा १ हजार २ सय ६ जनाको मृत्यु भएको थियो भने २५० जनालाई बन्धक बनाइएको थियो ।
हमास समूहको नेतृत्वमा भएको आक्रमणको बदलामा इजराउलले गरेको जवाफी कारबाहीमा गाजामा ४३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । आक्रमणमा मृत्यु हुनेमा अधिकांश सर्वसाधारण रहेका र त्यसमा पछि महिला तथा बालबालिकाको सङ्ख्या अत्यधिक रहेको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति