
काठमाडौँ । कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिएका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निर्मला पन्त हत्या प्रकरणमा अफू प्रत्यक्षदर्शी रहेको भन्दै सनसनीपूर्ण अन्तरवार्ता दिने गोरखाका नवराज अर्याललाई आज केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।
गलत विवरणसहित दुष्प्रचार गरेको आरोपमा अर्याललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ‘उनले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुठा हो’, केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी बोगटीले भन्नुभयो, ‘त्यो विषयमा सोधपुछका लागि ल्याएका हौं ।’
अर्यालले आफूलाई खानेपानी विभागको सवारी चालकका रुपमा चिनाएका थिए । त्यसक्रममा कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको विवरण उनले प्राइम टेलिभिजनको एक कार्यक्रममा बताएका थिए । पत्रकार ऋषि धमलासंग अर्यालले दिएको अन्तवार्ता यतिबेला सामाजिक संजालमा भाइरल भएको छ ।
अन्तर्वातामा अर्यालले तीनजना "हाई प्रोफाइल" व्यक्तिहरुले बलत्कार पछि हत्या गरेको दाबी गर्नुभएको थियो ।
अन्तर्वार्ता लिने टेलिभिजन कार्यक्रम प्रस्तोता ऋषि धमलालाई पनि सीआईबीले कार्यालयमा बोलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति