+

पाकिस्तानमा जन्ती बोकेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानमा जन्ती बोकेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको हो । एक विवाह समारोहबाट फर्कंदै गरेको २५ जना यात्रु बोकेको बस मङ्गलबार राति नदीमा खसेको स्थानीय प्रहरीले कार्यालयले बुधबार एएफपीलाई जानकारी दिएको छ। उद्धारका लागि घटनास्थमा खटिनुभएका वजीर असद अलीले भन्नुभयो– ‘बसमा २५ जना सवार थिए र अहिलेसम्म १४ जनाको शव निकालिएको छ भने १० जना अझै हराइरहेका छन् ।’

गिलगिट–बाल्टिस्तानको पहाडी क्षेत्रका प्रहरी अधिकारीले घटनाको पुष्टि गर्दै हराइरहेकाहरूको खोजी कार्य जारी रहेको बताएका छन् ।  एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै