
काठमाडौँ । दीपक मनाङे भनेर चिनिने पूर्वमन्त्री तथा गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ कारागार (जेल) चलान भएका छन् । ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका पूर्वमन्त्री मनाङेलाई अदालतको फैसला कार्यान्वयन गर्न डिल्लीबजार कारागार चलान गरिएको हो ।
सर्वोच्च अदालतले मनाङेलाई कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको छ। सर्वोच्चका न्यायाधीश डा नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेलाई यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको ज्यानमुद्दाको फैसलालाई सदर गर्दै २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको हो ।
सर्वोच्चको फैसलापछि मनाङेलाई पक्राउ गरी जेल चलान गरिएको हो । यसअघि २ वर्ष आठ महिना कैद सजाय भोगिसकेकाले उनले अब बाँकी समय कारागारमा बिताउनुपर्ने छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश