
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सार्वजनिक सेवा सुधारलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
दैलेखका जनप्रतिनिधि र कर्मचारीसँग छलफल गर्न आज दैलेख आइपुग्नुभएका मुख्यमन्त्री कँडेलले पत्रकारसँगको भेटघाटका क्रममा सेवा प्रवाह पारदर्शी, छरितो र प्रभावकारी हुन सकेमात्र नागरिकलाई राज्य छ भन्ने अनुभूति हुने बताउनुभयो ।
जनचेतनाको अभावमा हाल कर्णालीमा सवारी दुर्घटनाबाट जनधनको ठूलो क्षति भएको बताउँदै उहाँले चेतनास्तर उकास्न आवश्यक रहेको जनाउनुभयो । आगामी वर्षबाट विधिसम्मत् योजना निर्माण, प्रभावकारी कार्यान्वयन र पारदर्शीता, अलपत्र योजनालाई समयमा सम्पन्न गर्ने मुख्यमन्त्री कँडेलको भनाइ छ । जनअपेक्षा अनुसार कतिपय काम गर्न नसकिएको स्वीकार्दै उहाँले सामाजिक सञ्जालमा आएका कुराबाट धारणा बनाउनु नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘मैले मेरो दायित्व पूरा गर्नुपर्छ । सेवा प्रदायकले अतिरिक्त शुल्क नलिइ काम गर्नुस् । सकारात्मक काममा सबैले सहयोग गरौँ । विकास निर्माणमा नागरिकदेखि नीतिगत तहसम्म ऐक्यबद्धता आवश्यक छ ।’
पेट्रोलियम पदार्थ उत्खनन् हुँदै गरेको दैलेखमा तत्काल भण्डारण र प्रशोधनको तहमा काम गरिहाल्नु जरुरी नरहेको उल्लेख गर्दै उहाँले अनुमान गरे अनुसार पेट्रोलियम पदार्थ फेला परेमा दैलेखसहित सिङ्गो कर्णालीको अर्थतन्त्र र विकासमा ठूलो टेवा पुग्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित