
पर्सा । यहाँ सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको दुईदिने तराई–मधेश राष्ट्रिय सम्मेलनले ‘तराई–मधेश एकीकृत प्राधिकरण’ स्थापना गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ ।
तराई–मधेशको उत्थान र जनताको आर्थिकस्तर उकास्न प्राधिकरण स्थापना आवश्यक रहेको राप्रपाको ठहर छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज आयोजित पत्रकार सम्मेलनमा तराई–मधेशका २१ जिल्लाका जनताको उत्थान र आर्थिकस्तरमा सुदृढीकरण गर्न एकीकृत प्राधिकरण स्थापना गर्नुपर्ने निर्णय सम्मेलनले गरेको जानकारी दिनुभएको छ ।
‘मधेशको जनसङ्ख्या मुलुककै आधाभन्दा धेरै छ । तर, यहाँका जनताको आर्थिकस्तर र उत्थान हुन सकिरहेको छैन’ उहाँले भन्नुभयो– ‘पार्टीको राष्ट्रिय सम्मेलनले प्राधिकरण स्थापना गरेर जनजीविकालाई सुधार्नुपर्ने निर्णय गरेको छ ।’
अध्यक्ष थापाले हाल तराई–मधेशको विकासका लागि नगण्य बजेट विनियोजन हुँदै आइरहेको बताउनुभयो । आगामी दिनमा जनसङ्ख्याका आधारमा बजेट विनियोजन हुनुपर्ने उहाँको धारणा छ ।
सम्मेलनले तराई मधेशको सांस्कृतिक विविधतालाई अझ विस्तार गर्न मैथिली, भोजपुरी, अवधि र थारु भाषाको संरक्षण र सम्वर्द्धका लागि मातृभाषा संरक्षण आयोग गठन गर्नुपर्ने निर्णय पनि गरेको छ । अध्यक्ष थापाले तराई–मधेश मुलुककै अन्नभण्डार भएकाले यहाँको कृषि र सिँचाइको एकीकृत योजना अघि बढाउने निर्णय गरेको जानकारी दिनुभयो ।
त्यसैगरी राप्रपा नेपालको राष्ट्रिय सम्मेलनले आगामी पुसमा सुनसरीको चतराधामदेखि त्रिवेणीधामसम्म पार्टीको जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । सम्मेलनमा दुई सय बढी पार्टी प्रतिनिधिको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित