
सुर्खेत । आगामी मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनमा जाजरकोटका दुई स्थानीय तहका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । सम्बन्धित पालिकामा पार्टीको समितिले आज उम्मेदवारको टुङ्गो लगाएको हो ।
कांग्रेस प्रदेश समितिका सभापति ललितजङ्ग शाहीले नलगाड नगरपालिकाको उपप्रमुखको उम्मेदवारमा इन्द्रा चन्द सिंहको नाम सिफारिस गरिएको जानकारी दिनुभयो । यस्तै कुशे गाउँपालिका–७, को वडाध्यक्षमा खम्बबहादुर सिंहको नाम सिफरिस गरेको छ ।
नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको २०८० कात्तिक १७ गते भू–कम्पमा परी निधन भएपछि उक्त पद रिक्त भएको हो । यस्तै कुशे–७ का वडाध्यक्ष मनबहादुर घर्तीको २०७९ असारमा निधन भएको थियो । नलगाड नगरपालिकामा एमालेले उपप्रमुखमा सुनिता बोहरालाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले हालसम्मा आफ्नो उम्मेदवारको नाम छनोट गरेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन