
काठमाडौँ । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री तथा प्रदेश सभासद् लीलाबल्लभ अधिकारी माथि लागेको मानव तस्करी बारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मानव तस्करीको घटनामा अनुसन्धान शुुरु गरेको हो । तत्कालीन मन्त्री अधिकारीले प्रदेश मन्त्रीपरिषद्को निर्णयबिना तथा सङ्घीय सरकार तथा परराष्ट्र मन्त्रालयको स्वीकृतिबिना यही कात्तिक १४ गते खोटाङका दावा शेर्पा, जनक राई र रसुवाका कञ्चन देवकोटा सहित जापान गएका थिए ।
मन्त्री अधिकारी बाहेक अन्य तीन जनालाई भने टोकियो स्थित जापानको अध्यागमन कार्यालय प्रवेश अनुमति नदिई नेपाल डिपोर्ट गरेको थियो । नेपाल फर्काइएका तीन जनालाई सोही दिन अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको थियो ।
सोही प्रकरणमा नक्कली कागजपत्र तयार गर्ने गरी लिखत सम्बन्धी कसुर गरेको आरोपमा प्रहरीले धादिङका महेश पाण्डे, नुवाकोटका जुगल रिजाल र दोलखाका वीरबहादुर लामालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।
आफू माथि लागेको आरोप पछि मन्त्री अधिकारीले बुधबार पदबाट राजीनामा दिनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन