
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
छठ पर्वको अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले हरेक समुदाय, जाति र क्षेत्रमा आफ्नो संस्कार एवं आस्थाअनुसार चाडपर्वहरू मनाउनु र यस्ता समुदाय विशेष चाडपर्वलाई सम्मान गर्नु नेपालीहरूको सांस्कृतिक विशेषता भएको र यो नेपाली समुदायका लागि गर्वको विषय भएको उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले तराई–मधेशमा सूर्यको पूजा गरी उल्लासपूर्वक मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । सूर्यको उपासना गरी मनाइने छठ पर्व प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा समेत स्थापित छ । ‘मानव जीवनका लागि अनिवार्य जल, जमिन र सूर्यसँग जोडिएको यस पर्वले प्रकृतिप्रतिको सम्मान पनि दर्शाउने गरेको पाइन्छ । हाम्रो देश बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त राष्ट्र हो । संविधानले नै विविध जाति, धर्म, संस्कृति र समुदायलाई समान अधिकार दिएको छ । कुनै पनि जातजाति, क्षेत्र वा समुदायमा मनाइने पर्वहरूमा सम्पूर्ण नेपालीहरू उत्साहपूर्वक सहभागी बन्ने मान्यता मजबुत बन्दै गएको छ । यो राम्रो पक्ष हो’ सन्देशमा भनिएको छ ।
सभाध्यक्ष दाहालले विभिन्न जातजाति, धर्म र समुदायअनुसार आ–आफ्नै संस्कृति, परम्परा र चाडपर्वहरूले हाम्रो विविधतालाई प्रतिविम्बित गरेको र विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान भएको बताउनुभयो । परिवारको कल्याण, सन्तान सुख र मनोकामना पूरा हुने विश्वासका साथ मनाइने छठ पर्वले सबैलाई परिवार, समुदाय र समग्र मानव कल्याणको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन