
काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले छठ पर्व, २०८१ को पावन अवसरमा न्यायपूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
छठ पर्वका अवसरमा आज उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा विश्वभर रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको हो ।
‘नेपाली विविध भाषा, धर्म, संस्कृति, परम्परा र चाडपर्वका धनी छौँ । हरेक समुदाय, जाति र क्षेत्रमा आफ्नो संस्कार एवं आस्थाअनुसार चाडपर्व मनाउनु र सबैको चाडपर्वलाई सम्मान गर्नु नेपालीको सांस्कृतिक विशेषता हो’ सन्देशमा भनिएको छ– ‘परिवारको कल्याण, सन्तान सुख र मनोकामना पूरा हुने विश्वाससाथ मनाइने यस पर्वले विविध जातजाति, भाषाभाषी र समुदायमा छरिएर रहेका नेपालीबीच सामाजिक–सांस्कृतिक सद्भाव, सहिष्णुता, भाइचारा र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्ने मैले विश्वास लिएको छु ।’
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास रहेको छ ।
बिनाभेदभाव सम्पूर्ण प्राणीलाई समान शक्ति, ताप र प्रकाश दिने सूर्यको महिमालाई आत्मसात् गर्दै तन र मन लगाएर कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ दिएर यो चाड मनाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन