
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ । दिउँसो १२ बजे बालुवाटारमा वृहत् प्रदर्शन गर्ने रास्वपाले जानकारी दिएको हो ।
सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले प्रदर्शन गर्दै आएको छ । ‘अधिनायकवादी दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न’ आज बालुवाटारमा प्रदर्शन गर्न लागिएको पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
चावाहिल‚कोटेश्वर‚कलङ्की चोक‚ ललितपुर‚ स्वयम्वु वनस्थली बालाजु एरिया‚सामाखुसी चोक र महारजगञ्ज चोकबाट र्याली लिएर बालुवाटार पुग्ने झाले बताउनुभयो । यी सबै स्थानबाट विहान ११ बजे र्याली निकालेर १२ बजे बालुवाटार पुग्ने उहाँले बताउनुभयो ।
विरोध प्रदर्शनको कमान्डर पुकार वमलाई तोकिएको छ । यस्तै वाग्मती प्रदेश सभापति अच्यूतम लामिछाने‚सुमना श्रेष्ठ‚ सन्तोष परियार‚ डिपी अर्याल र स्वर्णीम वाग्लेलाई विभिन्न स्थानको कमाण्डर तोकिएको छ । आन्दोलनलाई उहाँहरूले नै सम्बोधन गर्ने झाले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित