
बागमती । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले ३ महिनामा २२ करोड ८१ लाख ४७ हजार ८ सय २ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
यातायात कार्यालले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनामा नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट उल्लेखित रकम संकलन गरेको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार चालु आवको तीन महिनामा सवारी करबाट २ करोड ७४ लाख ६४ हजार नौ सय ५१, सवारी चालक अनुमतिपत्र वितरणबाट सात करोड ५८ लाख ७२ हजार ४८, यातायात क्षेत्रको आम्दानीबाट १२ करोड ४८ लाख दुई हजार पाँच सय ५३ तथा बेरुजुबाट आठ हजार दुई सय ५० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
यस्तै चालु आवको त्यस अवधिमा मोटरसाइकल पाँच सय ७३ वटा, साना सवारी तीन सय ३२ वटा, टेम्पो÷ई–रिक्सा दुई सय ४८ वटा, ठूला तथा मझौला सवारी एक सय ५८ वटा र ट्र्याक्टर एक गरी एक हजार तीन सय १३ नयाँ सवारी दर्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । यस अवधिमा नयाँ एक हजार एक सय ९६ र वर्ग थप आठ सय ५९ गरी दुई हजार ५५ जनालाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै त्यस अवधिमा एक हजार पाँच सय ४६ नवीकरण, २९ वटा प्रतिलिपी १७ नवीकरण प्रतिलिपी दिइएको जनाएको छ । कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा विभिन्न शीर्षकमा ५६ करोड सात लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो भने चार हजार तीन सय ९९ वटा सवारी साधन दर्ता गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति