
काठमाडौँ । नेपाल उद्योग बाणिज्य सङ्घ काठमाडौँले नेपाल विद्युत् प्राधिकरणसँग उद्योगको लाइन तत्काल जडान गर्न र वर्तमान विवादमा उत्पन्न असमझदारीलाई वार्ताद्वारा समाधान खोज्न अपिल गरेको छ ।
हाल चाडपर्वको समयमा ‘डेडिकेटेड फिडर’ र ‘ट्रङ्कलाइन’ विवादका कारण नेपाल विद्युत् प्राधिकरणद्वारा उद्योगहरूको बिहीबार रातिदेखि लाइन काटिएको घटनामा सङ्घको गम्भीर रूपमा ध्यानाकर्षणसमेत भएको सङ्घले जनाएको छ । सङ्घद्वारा आज जारी विज्ञप्तीमा भनिएको छ, “यस किसिमको निणर्यले उद्योगहरूको उत्पादन प्रक्रियामा बाधा पु¥याउनाका साथै देशको उत्पादन प्रणाली र अर्थतन्त्रमा समेत प्रतिकूल प्रभाव पर्नाले लगानीको वातावरणमा नकारात्मक सन्देश जाने देखिन्छ ।”
उद्योगको विद्युत् आपूर्ति कटौती गर्दा उद्योगहरूको दैनिक सञ्चालनमा अवरोध हुँदा लगानीमा प्रतिकूल असर परेको स्पष्ट भएको र त्यसले उद्योगीहरूलाई असहज स्थिति सृजना गरेको सङ्घको भनाइ छ । “नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा गठित आयोगले यस विषयमा प्रतिवेदन बुझाइसकेको भए पनि उक्त प्रतिवेदनको कार्यान्वयन नहुँदा यस किसिमको समस्या उत्पन्न भएको हो, यसले उद्योग क्षेत्रमा सकारात्मक सन्देश जाने र राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउने सङ्घको विश्वास छ”, विज्ञप्तीमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन