
दाङ । जिल्लाको दङ्गीशरण गाउँपालिका–३ का ६२ वर्षीय शोभा जैसी शुक्रबार बिहान ७ बजे धान काट्दै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो– ‘अहिले तिहार नजिकै भए पनि खेतमा धान पाकेर पहेँलै भएकाले बिहानदेखि बेलुकासम्म खेतमै हुने गरेका छौँ ।’
उहाँले थप्नुभयो– ‘यस वर्ष समयमै वर्षा भएपछि रोपाइँ पनि समयमै गर्न पाइएको थियो । धानखेती राम्रो भएको छ, उत्पादन बढ्नेमा ढुक्क छौँ । बाली भित्र्याउन नपाउँदै वर्षा भएमा ठूलो क्षति हुने डरले बिहानदेखि बेलुकासम्म धान काट्न व्यस्त छौँ ।’
शोभा मात्र होइन अहिले जिल्लाका अधिकांश क्षेत्रका किसान बिहानदेखि बेलुकासम्म आफ्नो खेतमा लगाएको धान काट्न व्यस्त देखिन्छन् । दशैँ अगावै यहाँका केही स्थानमा किसानले धान काट्न शुरु गरे पनि अहिले सबै ठाउँमा किसानलाई धान काट्न चटारो परेको छ ।
बिहान ७ बजे नै खेतमा धान काट्न आउने गरेको र बेलुका ५ बजे मात्र घर फर्कने गरेको बताउनुहुन्छ त्यही गाउँकी सावित्रा भण्डारी । उहाँ भन्नुहुन्छ– ‘मौसम परिवर्तन भएपछि पाकेको धान बिग्रिन्छ, त्यसैले अहिले तिहारको तयारी नगरेर धान काट्न व्यस्त छौँ । विशेष गरेर दाङको देउखुरी क्षेत्रमा सिँचाइ सुविधा पुगेकाले त्यहाँ किसानले धान काटेर दाईंगरी रहेका छन् भने अन्य स्थानमा किसान धान काट्न व्यस्त छन् ।’
यसपाली धानखेतीका लागि आवश्यकपर्ने मलखादको समस्या नहुँदा र समयमै वर्षा पर्याप्त भएकाले उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्र दाङका अर्थविज्ञ तथा सूचना अधिकारी पृथ्वीराज लामिछानेले बताउनुभयो ।
केन्द्रका अनुसार यहाँका किसानले सावित्री, राधा–४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस तीन सय १२, लगायत बर्णशङ्कर जातका धान लगाएका छन् । कम पानी हुने ठाउँमा सुक्खा १, सुक्खा २, सुक्खा ३ जातको धान लगाइएको छ ।
जिल्लाको ३९ हजार चारसय हेक्टरमा धानखेतीका लागि उपयुक्त भए पनि किसान केही जमिनमा बाह्रैमासे तरकारीखेती गर्ने गरेकाले जिल्लामा यस वर्ष ३७ हजार दुईसय २५ हेक्टर जमिनमा धान लगाइएको ज्ञान केन्द्रले जनाएको छ ।
गत वर्ष दाङमा ३५ हजार तीनसय २८ हेक्टर जमिनमा धान लगाइएकामा एक लाख ४४ हजार दुई सय ६४ मेट्रिकटन धान उत्पादन भएको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन