
काठमाडौँ । बहराइनको मानामामा जारी आइएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपालले महिला ‘टिम इभेन्ट’मा साउदी अरबियालाई पराजित गरेको छ ।
बहराइन नेसनल स्टेडियास्थित इसा स्पोर्ट्स सिटीहल ‘बी’ मा ९ देखि १३औँ स्थानका लागि भएको प्रतिस्पर्धामा नेपालले साउदी अरेबियालाई ४–१ ले पराजित ग-यो । जीतसँगै नेपालले सोमबार ९ देखि ११औँ स्थानका लागि युगान्डा वानसँग खेल्नेछ । यो खेल जितेमा नेपालले पुनः ९ देखि १०औँ स्थानका लागि खेल्ने अवसर पाउनेछ । नतिजा अनुकूल नआएमा नेपाल ११औँ स्थानमा रहनेछ ।
महिला टिम इभेन्टमा नेपालले समूह चरणमा इङ्ल्यान्ड, अजरवैजान, इटाली र चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गरेको थियो । नेपाल इङ्ल्यान्डसँग ४–३, अजरवैजानसँग ५–२, इटालीसँग ५–२ र चाइनिज ताइपेईसँग ७–० ले पराजित भएको थियो । महिला टिममा नेपालबाट इभाना थापा, वियंका राई, माल्सा नेपाल र विद्विसा मैनालीले खेली रहेका छन् ।
महिलामा नेपालले सिङ्गल्स स्पर्धामा पनि प्रतिस्पर्धा गर्नेछ । पुरुषमा जेविश बुर्लाकोटी र आशिष महताले पनि सिङ्गल्समा नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति