
खोटाङ । महिला एकता अध्ययन केन्द्र खोटाङको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दुर्गाजयन्ती राई चयन हुनुभएको छ ।
हरेक महिलालाई अध्ययनमा प्रोत्साहित गर्ने लक्ष्यका साथ १८ वर्षअघि स्थापना गरिएको केन्द्रको पाँचौँ अधिवेशनले महिला नेतृ राईलाई पुनःचौथो कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । पन्ध्र सदस्यीय जिल्ला कार्यसमिति रहेको महिला एकता अध्ययन केन्द्रको उपाध्यक्षमा बिन्दा थापा, सचिवमा कमला घिमिरे, सहसचिवमा चन्द्रकला कार्की र कोषाध्यक्षमा मनिशोभा राईलाई चयन गरेको छ ।
‘बिनाअध्ययन मानव जीवन अपुरो हुने र जुनसुकै कामको सफलताको कल्पना गर्न सकिन्न’ भन्ने मान्यतालाई आत्मसात् गर्दै स्थापना गरिएको अध्ययन केन्द्रले आफ्नै कार्यालयमा पुस्तकालय समेत सञ्चालन गर्दै आएको छ ।
परिवार, समाज र देशले अपेक्षित गति लिन नसक्नुमा एउटा कारण अध्ययनकै कमीले भएकाले अध्ययन संस्कृतिको विकास गर्न पुस्तकालय सञ्चालन गरिएको अध्यक्ष राईले बताउनुभयो ।
जिल्लाका १० वटै स्थानीय तहका महिलाहरु सहभागी महिला एकता अध्ययन केन्द्रमा ८० जना साधारण सदस्य रहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति