
बाँके । धार्मिक पर्यटन प्रवर्द्धन गर्न शुरु भएको धार्मिक पर्यटनमार्ग योजना बजेट अभावका कारण अलपत्र छ ।
जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर निर्माण गर्ने भनिएको पर्यटन मार्गको काम बजेट अभावमा कार्यान्वयन हुननसकेको हो ।
जिल्लाका प्राचीन मन्दिर तथा धार्मिक क्षेत्रलाई नेपालगञ्जस्थित वागीश्वरी मन्दिरसम्म जोड्दै बैजनाथको गाभरमा रहेको पारिजात बगानसम्म पु¥याउने पर्यटन मार्गको योजनाले गति नलिएको धार्मिक पर्यटन मार्ग संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष कृष्ण भुसालले बताउनुभयो ।
प्रस्तावित पर्यटन मार्गमा बाँके राप्तीसोनारी गाउँपालिका–१ स्थित शिवमन्दिर, वडा नम्बर ३ बैजापुरस्थित भुवरभवानी मन्दिर वडा नम्बर ४ स्थित वर्फानी बाबा, वडा नम्बर ७ फत्तेपुरस्थित पोखरामाता मन्दिर, नरैनापुरको सन्तानेश्वर महादेव मन्दिर हुँदै नेपालगञ्जको वागीश्वरी मन्दिरलाई समेटिएको छ ।
त्यसैगरी कोहलपुरको कालिका मन्दिर,रामजानकी मन्दिर हुँदै बैजनाथ गाउँपालिकामा रहेको मानसरोवर प्रतीकस्थलमा पुर्याउने र अन्तिममा गाभरक्षेत्रमा रहेको पारिजात बगानमा पुर्याउने गरी मार्ग तय गरिएको अध्यक्ष भुसालले बताउनुभयो ।
१जिल्लामा रहेका कतिपय ऐतिहासिक मठमन्दिरको प्रचार प्रसार र संरक्षण नहुँदा जीर्ण छन् । आफ्नै गाउँठाउँका धार्मिक पर्यटकीय स्थलको वारेमा जिल्लावासीलाई जानकारी छैन’ अध्यक्ष भुसालले भन्नुभयो, ‘धार्मिक पर्यटकीय क्षेत्रको प्रचार एवं संरक्षण गर्न समिति प्रयासरत छ ।’
पर्यटनमार्ग बनाएर प्रचार प्रसार गर्दा एकैपटक धेरै धार्मिक स्थलको अवलोकन गर्न सकिने भएकोले यसले पर्यटन प्रवद्र्धनमा सकरात्मक भूमिका निर्वाह गर्ने जिल्ला पर्यटन प्रवद्र्धन समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।
प्रस्तावित पर्यटनमार्गले सहरका आन्तरिक पर्यटकलाई गाउँ– गाउँसम्म पुग्ने र समाज बुझ्ने अवसर प्रदान गर्ने गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताउनुभयो । उहाँले गाभरमा रहेको पारिजात बगानलाई समेत मार्गमा समेटिएकोले यसले समग्र गाभर क्षेत्रकै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बाँकेका सन्तानेश्वर, बावा बर्फानी, भुवर भवानीलगायत पर्यटकीय क्षेत्रमा दैनिक सर्वसाधारण जाने गरेका छन्भने वागीश्वरी मन्दिरमा प्रत्येक सोमवार हुने महाआरतीमा भक्तजनको भीड लाग्ने गरेको छ ।
बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले जिल्लाका ऐतिहासिक मठ मन्दिर तथा धार्मिक स्थलको प्रवद्र्धन र संरक्षणका लागि चालु उहाँले पर्यटनमार्ग निर्माणमा बजेट उपयोग गरिने जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति