
ललितपुर । ललितपुरको जावलाखेल मैदानमा जारी १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा तेस्रो दिनसम्म रु ९० लाखको कारोबार भएको छ ।
प्रदर्शनीको तेस्रो दिनसम्म ३२ हजार ६ सय जनाले अवलोकन गरेका छन् । पुष्पमेलाका संयोजक जङबहादुर तामाङका अनुसार यही कात्तिक ८ गतेदेखि सुरु भएको मेलामा पहिलो दिन ६ हजार नौ सय जनाले अवलोकन गर्दा रु २५ लाखको कारोबार भएको थियो । दोस्रो दिन नौ हजार आठ सय जनाले अवलोकन गर्दा रु २५ लाखको कारोबार भएको थियो भने तेस्रो दिन १५ हजार नौ सय जनाले अवलोकन गर्दा रु ५० लाख बराबरको कारोबार भएको उहाँले जानकारी दिनुभयो ।
उक्त मेलाले फूलखेती व्यावसायिकरुपमा फस्टाइरहेको सङ्केत गरेको संयोजक तामाङ बताउनुहुन्छ । नेपालमा हाल ५२ जिल्लामा दुई सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको पुष्प व्यवसायमा रु आठ अर्ब ८३ करोडभन्दा बढीको लगानी भएको छ । यस व्यवसायमा एक हजार एक सयभन्दा बढी व्यवसायी संलग्न छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति