
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहकारीको रकम ठगी गरेको आरोप लागेका सत्तारुढ दलका नेताहरूलाई सरकारले छानबिनको दायरामा पनि नल्याएको भन्दै प्रश्न गर्नुभएको छ ।
सहकारी रकम बचत अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय समितिको प्रतिवेदनले दोषी ठहर्याएका एमाले र कांग्रेसका नेताहरूलाई छानबिन नगरेको दाहालको भनाइ थियो ।
माओवादी केन्द्रले शनिबार भृकुटीमण्डपमा आयोजना गरेको खबरदारीसभालाई सम्बोधन गर्दै दाहालले सहकारी ठगीको आरोप लागेका एमाले र कांग्रेस नेताहरूलाई छानबिन किन नगरेको भनेर प्रश्न गर्नुभयो । "त्यही प्रतिवेदनमा नाम उल्लेख भएका एमालेसँग सम्बन्धित व्यक्तिलाई छानबिन, गिरफ्तार गर्न नपर्ने ? कांग्रेसको पनि नाम छ त्यहाँ, त्यो नामलाई पनि केही गर्न नपर्ने ?" दाहालले भन्नुभयो, "राजनीतिक पूर्वाग्रहले प्रतिपक्षलाई मात्रै गिरफ्तार गर्ने कुरा बेठिक छ ।"
सरकारी ठगहरूलाई कारबाही गर्नुपर्छ भन्नेमा माओवादी स्पष्ट रहेको बताउँदै संसदीय छानबिन समिति बनाउने बेलाको प्रसंग उल्लेख गर्नुभयो । "सहकारीसँग सम्बन्धित ठगहरूलाई कारबाही गर्नुपर्छ भन्ने कुरामा हामी कहीँ कन्फ्युजनमा थिएनौं । संसद्मा सहकारीसँग सम्बन्धित छानबिन गर्नेबारेमा बहस चल्यो । मैले समिति बनाउन उचित हुन्छ भन्ने कुरा राखेको हुँ । रवि लामिछानेसँग कुरा गर्दा समिति बनाएर छानबिन गर्नु उचित हुन्छ, दोषी भए कारबाही हुन्छ, दोषी नभए उन्मुक्ति हुन्छ भने । त्यही भएर रविले पनि छानबिन समिति हुनुपर्छ भनेका हुन्, उहाँले भन्नुभयो, त्यतिबेला छानबिन समिति बन्नु हुन्न भन्ने र रविलाई जोगाउने केपी ओली हुन् । अहिले राजनीतिक पुर्वाग्रह राखेर थुनामा राखिएको हो," उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति