
धनुषा । जनकपुरधामका गोरधोइ पोखरीमा छठपर्वको तयारी थालिएको छ ।
पोखरीका सहरका रूपमा प्रसिद्ध जनकपुरधामका पोखरीमा छठपूजाका लागि यहाँका स्थानीय समिति, छठपूजा समिति र स्थानीय युवा क्लबले त्रिपाल र पण्डाल लगाउन सुरु गरेको राम युवा कमिटीका अध्यक्ष सरोज साहले जानकारी दिनुभयो ।
तराई–मधेसका महिलाले आफ्नो परिवार र सन्तानको सुख समृद्धिको कामना गर्दै छठपूजा गर्ने गर्छन् । यसवर्ष छठपर्वको मुख्य दिन यही कात्तिक २२ गते कात्तिक शुक्ल षष्ठीको दिन परेको छ । छठपर्व विशेष गरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भइ षष्ठीको दिनसम्म मनाउने गरिन्छ ।
जनकपुरधामको गङ्गासागर, धनुषसागर, अङ्गराज सागर, दशरथ तलाउ, जानकी सरोवर, गोरधोइ, अग्निकुण्ड, दूधमति, जलाइद, रत्नसागरलाई स्थानीय युवा क्लबले सजाउन थालेका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष जीतेन्द्रकुमार महासेठले छठका अवसरमा जनकपुरधाममा सरसफाइ अभियान शुरु गरिएको बताउनुभयो । उहाँले यस अवसरमा व्यापारिक चलहपहलसमेत बढेको बताउनुभयो । गङ्गासागर पोखरीमा परापूर्वकालदेखि छठपूजा हुँदै आएको संस्कृतिका जानकार डा राजेन्द्र विमल बताउनुहुन्छ ।
दर्शनार्थीलाई सहजरुपमा छठ पूजा गर्न मिलोस् भनेर व्यवस्थापन गर्न लागिएको स्थानीय महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले बताउनुभयो । विगतका तुलनामा यसवर्ष आकर्षक बत्ती र पण्डाल राखिने छठपूजा समितिले जनाएको छ । अध्यक्ष गुप्ताले भन्नुभयो, ‘‘छठपूजाको मुख्य आकर्षण पण्डाल हो । पण्डाल जति आर्कषक बनाउन सकियो त्यति सुन्दर र भव्य देखिन्छ ।”
छठपर्वका लागि आवश्यक खर्च व्यवस्थापन गर्न ऐच्छिक रुपमा रु पाँच सयको टिकट बिक्री गर्ने तयारी गरिएको छ । विगतमाझैँ यो वर्ष पनि जनकपुरधामका विभिन्न पोखरीको चारैतर्फ झिलिमिली बत्ती, पण्डाल र रङ्गीचङ्गी फूलहरुले सजावट गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति