
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडा नम्बर १४ कलंकीमा रहेको भाटभटेनीमा डोजर चलाएको छ ।
महानगरपालिकाले चक्रपथ (रिङरोड) को ‘राइट अफ वे’ पर्ने क्षेत्र भाटभटेनीले प्रयोग गरेको भन्दै हटाउन आग्रह गर्दा नमानेपछि डोजर प्रयोग गरेर कम्पाउन्ड भत्काएको हो ।
चक्रपथको सडक सीमाभित्र पर्ने भए पनि मिचेर कम्पाउन्ड बनाएको पाइएपछि आज भत्काइएको नगर प्रहरी नाबव उपरीक्षक ईश्वरराज वाग्लेले जानकारी दिनुभयो । ‘उहाँहरूले राइट अफ वे मिच्नुभएको रहेछ भने अर्को ९–१० फिट अग्लो पर्खाल लगाउनुभएको रहेछ । त्यो दुवै हटाएका हौं,’ वाग्लले भन्नुभयो ।
महानगरले कलंकी भाटभटेनीको चक्रपथतर्फको कम्पाउन्ड सबै भत्काएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति