+

बुद्ध एयरकोे ‘माउन्टेन फ्लाइट’मा समस्या, विमान आकाशबाटै फर्काइयो

काठमाडौँ ।  बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा गएको ‘नाइन एन एजेएस’ कलसाइन विमानमा प्राविधिक समस्या देखिएको छ । 

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार विमानमा प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर सुरक्षित अवतरण गरिएको छ । अहिले त्यो विमानको प्राविधिक टोलीले जाँच गरिरहेको छ । ‘माउन्टेन फ्लाइटमा गएको विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई सुरक्षित अवतरण गरेर अहिले प्राविधिक मर्मत भइरहेको छ’ उहाँले भन्नुभयो– ‘आज मौसम बिग्रिएर हिमाल नदेखिएकाले कुनै पनि माउन्टेन फ्लाइट भएनन् ।’

आज बिहान माउन्टेन फ्लाइट, उडान नम्बर १०० विमानको ‘कलसाइन नाइन एन एजेएस’ विमानको दायाँ इन्जिनमा इण्डिकेटर समस्या देखिएको हुँदा विमानलाई काठमाडौँ सुरक्षित अवतरण गराइएको छ, त्यो  विमानलाई बुद्ध एयरका प्राविधिक टीमले चेकजाँच गरिरहेका छन्’ बुद्ध एयरद्वारा जारी सूचनामा भनिएको छ ।

बुद्ध एयरको आजको माउन्टेन फ्लाइटका लागि पाँच उडान निर्धारण गरिएकामा सबै उडान रद्द भएका छन् । टिकट लिएका यात्रुलाई अर्को उडानमा हिमालसम्म लगिने कम्पनीले जनाएको छ । काठमाडौँबाट माउन्टेन फ्लाइटमा गएका विमान हिमाल नदेखिएपछि फर्किएका सूचनाअधिकारी कर्णले बताउनुभयो ।

हिमाली भेगमा लागेको बाक्लो तुवालोका कारण आज कुनैपनि माउन्टेन फ्लाइट नभएको कम्पनीले जनाएकोछ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकोले देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणताय बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ  । 

गण्डकी प्रदेशको थोरै स्थान तथा कोशी प्रदेश, बाग्मती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै