
पर्सा । वीरगञ्ज भन्सारबाट मोटरसाइकल आयात ७६ दशमलव ८६ प्रतिशतले बढेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार आव २०८०र ८१ को भदौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको त्यही अवधिमा ७ हजार १ सय २० वटा मोटरसाइकल आयात भएका हुन् । चालु आर्थिक वर्षको भदौं मसान्तसम्मको अवधिमा वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीसाधन आयातमा कमी आएता पनि दुई पाङग्रे सवारीसाधनको आयात भने बढेको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताउनुभयो ।
चालु आवको भदौ मसान्तसम्ममा २ अर्ब ७ करोड ८४ लाख २२ हजार रुपैयाँ मूल्य पर्ने १६ हजार ३ सय ८४ वटा मोटरसाइकल आयात भएका छन् । गत आर्थिक वर्षको भदौं मसान्तसम्मको अवधिमा भने एक अर्ब १३ करोड ५४ लाख ६४ हजार रुपैयाँ मूल्य पर्ने ९ हजार दुई सय ६४ वटा मोटरसाइकल आयात भएका थिए ।
आव २०८०/८१ को भदौ मसान्तसम्ममा २३ करोड ९० लाख चार हजार मूल्य पर्ने १२ लाख ६५ हजार छ सय २७ वटा मोटरसाइकल (मोपेडसहित) को पार्टपूर्जा आयात भएका थिए ।
चालु आर्थिक वर्षको यही अवधिमा ३४ करोड १७ लाख २२ हजार रुपैयाँ मूल्य पर्ने १६ लाख ६१ हजार पाँच सय ३१ वटा मोटरसाइकल (मोपेडसहित) को पार्टपूर्जा आयात भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति