
काठमाडौँ । सुर्खेत लेकबेँसी गाउँपालिका–२ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा–९ मा बसोबास गर्दै आएका ४३ वर्षीया होमबहादुर फौजामगरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा संलग्न रहेको जनाउँदै प्रहरीले तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा पाँचथर तुम्लिङ गाउँपालिका–५ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ घर भई हाल बूढानीलकण्ठ–१० कपन बस्ने ३५ वर्षीय भुवन श्रेष्ठ तथा इलाम माई नगरपालिका–२ घर भई हाल काठमाडौँ गोकर्णेश्वर–६ नयाँबस्ती बस्ने २७ वर्षीया विमला भट्टराई रहेकी जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “मङ्गलबार दिउँसो करिब ३ः२० बजे गोकर्णेश्वर–६ नयाँबस्तीको लस लाइट स्कुल नजिक सार्वजनिक स्थानमा पक्राउ परेकाहरुले फौजामगरलाई कुटपिट गरी कर्तव्य गरी मारेको र निजहरु वारदातपश्चात् भागी फरार रहेको भन्ने खुल्न आएको हुँदा पक्राउ गरिएको हो ।”
जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउ परेकाहरुमाथि प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति