
काठमाडौँ । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद फेरि अस्पताल भर्ना हुनुभएको छ ।
पूर्वप्रधानमन्त्री महाथिरलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उहाँका सहयोगीले बुधबार एएफपीलाई जानकारी दिएका छन्।
दुई पटक प्रधानमन्त्री भइसक्नुभएका महाथिरलाई ‘लगातार खोकी’ लागेपछि अन्तिम पटक जुलाईमा अस्पताल भर्ना गरिएको थियो । उहाँका सहयोगीका अनुसार उहाँलाई मङ्गलबार साँझ नेसनल हार्ट इन्स्टिच्युटमा भर्ना गरिएको छ । सुफी युसोफले भन्नुभयो– अस्पतालले महाथिरलाई ‘लोअर रेस्पिरेटरी ट्रैक्ट इन्फेक्सन’ को समस्या देखिएको जानकारी गराएको छ। उहाँको उपचार केही दिन चल्ने अपेक्षा गरिएको छ ।’
महाथिर जुलाइदेखि ९९ वर्ष लाग्नुभएको छ । हालैका वर्षमा उहाँको मुटुमा लगातार समस्या देखिएपछि बाइपास सर्जरी पनि गरिएको थियो। यस वर्षको सुरुमा करिब तीन महिना अस्पतालमा बिताएका उहाँले जुलाईमा पनि अस्पताल भर्ना भई उपचार गराउनुभएको थियो ।
सन् १९८१ देखि सन् २००३ सम्म मलेसियाकोे राष्ट्रिय नेता (प्रधानमन्त्री) को जिम्मेवारी सम्हाल्ने महाथिरले चौथो व्यक्ति हुनुहुन्थ्यो । उहाँले सन् २०१८ देखि २०२० सम्म ९२ वर्षको उमेरमा दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति