
भक्तपुर । भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा रोशनी धौवञ्जा निर्वाचित हुनुभएको छ । सङ्घको ३६औँ साधारणसभा एवं अधिवेशन–२०८० ले धौवञ्जाको अध्यक्षतामा सर्वसम्मतले नयाँ नेतृत्व चयन गरेको हो ।
सङ्घको आइतबार सम्पन्न अधिवेशनले सङ्घको ५७ वर्षीय इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता गजेन्द्रशङ्कर तिमिलाले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि सङ्घका वरिष्ठ उपाध्यक्ष रहनुभएका धौवञ्जाको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा कृष्णमुरारी न्यौपाने, उपाध्यक्षमा गणेशहरि प्रजापति, वस्तुगत उपाध्यक्षमा राजेन्द्रप्रसाद प्रजापति, एशोसियट उपाध्यक्षमा दिनेश गोसाईं, महासचिवमा नवीन प्रजापति, सचिवमा सचिन्द्र प्रधानाङ् र कोषाध्यक्ष विश्वराम दुवाललाई निर्वाचित गरेको छ ।
सदस्यमा अमरबहादुर मानन्धर, ऋषिकेश श्रेष्ठ, कृतन अवाल, गोकर्ण न्यौपाने, गौतम सुखजु, पृथ्वीभक्त प्रजापति, रञ्जित मारिखू, राजेश त्वानावासु, रुकेश रञ्जित, सुरेन्द्र प्रजापति, श्यामप्रसाद मानन्धर निर्वाचित भएका छन् ।
महिला सदस्यमा मञ्जु सुवेदी र सरस्वती कार्की, वस्तुगत सदस्यमा गणेशभक्त हुँमागाइँ, एशोसियट सदस्यमा जीतेन्द्र खायमली र राजेश त्वानावासु निर्वाचित भएका निर्वाचन समितिका संयोजक तिमिलाले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति