
चितवन । भरतपुर महानगरपालिका–१२ का अध्यक्ष लेखराज पन्तले आफ्नो वडाका विपन्नलाई दशैँमा मासुचिउरा बाँड्नु भएको छ ।
उहाँले भरतपुर–१२ का दुई सय ५५ परिवारलाई दुई किलो मासु र दुई किलो चिउरा वितरण गर्नुभएको हो । उहाँले सामाजिक सञ्जालमा आह्वान गरेर मासु किनेर खान नसक्ने विपन्नलाई आफूसँग सम्पर्क गर्नुभएको थियो । उहाँले भन्नुभयो– वडाभरिका सबैलाई मैले आह्वान गरेर विपन्नलाई आफ्नै निजी खर्च गरेर मासु चिउरा बाँडे ।’
वडाध्यक्ष पन्तले वडा कार्यालयमा दानपेटिका राखेर सक्नेलाई सहयोग गर्न आह्वान समेत गर्दै आउनुभएको छ । त्यहाँ सङ्कलित रकमले पनि उहाँले विपन्नका लागि सहयोग गर्नुहुन्छ ।
गत तीजमा उहाँले विभिन्न आमा समूह, टोल सुधार समितिहरुमार्फत तीजको दर खुवाउने र समूहलाई पोशाकको साडी वितरण गर्नुभएको थियो । उहाँले भन्नुभयो– ‘तीजमा तीन लाख रुपैयाँ खर्च भएको थियो । तीज मनाउन खर्च माग्ने कोही खाली हात फर्केनन् । वडाभित्रका टोल र आमा समूहलाई ६ सयभन्दा बढी पोसाकका साडी वितरण गरिसकेको छु ।’
तिहारमा उहाँको घरमा भैलो खेल्ने पालो पाउन मुस्किल हुने जनाइएको छ । पचास समूहभन्दा बढी भैलो खेल्न आउने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो– ‘गत वर्षको तिहारमा पाँच लाख रुपैयाँ बढी दान गरेको थिएँ ।’
गत भदौ १५ गते उहाँले आफ्नो जन्मदिनमा १८ लाख ६० हजार रुपैयाँ बराबरको दान गर्नुभएको थियो । आफ्नै वडाको एक मन्दिरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीसहितको उपस्थितिमा उहाँले विभिन्न सङ्घसंस्था र विद्यालयका विद्यार्थीलाई नगद एवं लत्ताकपडा वितरण गर्नुभयो । उहाँले भन्नुभयो– ‘जन्मदिन, तीज, दशैँ, तिहारमा मात्रै होइन, बाह्रै महिना सहयोग माग्न आउनेहरुलाई रित्तो हात फर्काउँदिन ।’
जिल्लाका सङ्घसंस्थाहरु धेरैले एक पटक उहाँसँग सहयोग पाइसकेका छन् । विभिन्न क्लबले आयोजना गर्ने खेलकुदमा उहाँको सहयोग हुने गर्दछ । जनप्रतिनिधि भएपछि यकिन हिसाब नभए पनि एक करोड रुपैयाँ भन्दा बढी रकम दान गरिसकेको उहाँले जानकारी दिनुभयो । उहाँले स्थानीय हिमालय स्कुलमा २२ लाख, रोटरी करुणालय देवघाटमा १५ लाख, गणेशधाम संरक्षणमा १५ लाख सहयोग गर्नुभएको छ । यसका अतिरिक्त क्रिकेट रङ्गशाला, मठमन्दिरहरुमा पनि सहयोग गर्दै आउनुभएको छ ।
उहाँले वडाध्यक्ष वापतको रकम सबै दानमा खर्च गर्नुहुन्छ । वर्षमा ५ लाख रुपैयाँ हाराहारी आउने र त्यो सबै चेकमार्फत सोझै सहयोग गर्ने गरेको उहाँको भनाइ छ । वडा कार्यालयमा राखिएको दानपेटिकामा वार्षिक उठ्ने चार लाख हाराहारी विपन्न बिरामी, दाहासंस्कारका लागि आवश्यक दाउरा, किरिया खर्च, बाटो खर्च लगायत सहयोग गर्ने गरेको वडाध्यक्ष पन्तले जानकारी दिनुभयो ।
बाग्लुङ नगरपालिका–७ मा जन्मिनुभएका पन्त विसं २०४८ बाट चितवनमा बसोबास गर्दै आउनुभएको छ । उहाँले आफ्नो आम्दानी समाजसेवामा खर्च गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो– ‘दुःखी, असहाय र सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा मलाई निकै आनन्द आउँछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति