+

पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव हुने

भोजपुर ।  पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव गरिने भएको छ । 

स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले  कात्तिक ३ देखि १७ गतेसम्म बृहत् हतुवागढी महोत्सव गर्न लागिएको हो । हतुवागढी गाउँपालिका तथा जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सवका लागि गाउँपालिकाले  ३० लाख रुपैयाँ  विनियोजन गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो । 

महोत्सवका क्रममा एक सय ५३ मिटर उचाइमा रहेको जिल्लाको सबैभन्दा होचोस्थल माइबेँनीबाट एक हजार आठ सय ६५ मिटर उचाइ रहेको सङखाम जोरआहाल हुँदै घोडेटार बजारसम्म  २६ किलोमिटर दौड प्रतियोगिता हुनेछ । 

कृषिका साथै मारुनी, स्यामुना सिली, लाखे, हुर्रा, डम्फु नाच र वाद्यवादन यन्त्रको प्रदर्शनी हुने जानकारी अध्यक्ष राईले दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै