
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना कार्यान्वयन गर्ने क्रममा एक सय ६२ जुवाडेलाई पक्राउ गरेको छ । कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा रु नौ लाख ६४ हजार छ सय ८६ सहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कैलालीबाट ७७ र कञ्चनपुरबाट ८५ जना रहेका र उनीहरूलाई कानुनबमोजिम कारबाही अघि बढाइएको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले बताउनुभयो । प्रदेशका नौ जिल्लामा सामान्य अवस्थामा सात हजार पाँच सय प्रहरी परिचालित हुने गरेकामा चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका लागि थप चार हजार गरी ११ हजार पाँच सय प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
“चाडपर्वलाई लक्षित गरेर विगतका घटनाको समेत विश्लेषण गर्दै प्रदेशमा सुरक्षा योजना बनाएर लागु गरिएको हो । सुरक्षा योजनाअन्तर्गत सीमानाकामा सञ्चालनमा रहेका सहायता कक्षमा प्रहरी सङ्ख्या बढाइएको छ”, प्रहरी नायब महानिरीक्षक केसीले भन्नुभयो ।
सीमा क्षेत्रबाट लागुऔषधको कारोबार, विस्फोटक पदार्थलगायत मालसमानको चोरी तस्करीका घटना हुन नदिन नाकामा सञ्चालित सहायता कक्षमा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । सुरक्षा योजना लागु भएपछि पछिल्लो आठ/दश दिनमा सीमा क्षेत्रबाट तस्करी भएर ल्याइएको झण्डै रु ५० लाख बराबरको मालसामान बरामद गर्न गरिएको पनि प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति